काठमाडौं- हत्या, बलात्कारजस्ता गम्भिर आरोपलागेका रामबहादुर बम्जन मंगलबार पक्राउ परेको प्रहरीले पुष्टि गरेको छ । लामो समयदेखि पछ्याई रहेको प्रहरीले उनलाई धेरै समयपछि पक्राउ गर्न सफल भएपछि थप अनुसन्धान समेत अघि बडाएको छ । अनुसन्धानको क्रममै पक्राउ परेका रामबहादुर बम्जनको बुढानीलकण्ठस्थित निवासबाट ३ करोड रुपैयाँभन्दा बढी नगद समेत प्रहरीले बरामद गरेको छ ।केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले बुढानीलकण्ठस्थित बम्जनको घरबाट ३ करोड ३ लाख ७५ हजार रुपैयाँ बरामद भएको जनाएको छ।

सीआईबी प्रमुख किरण बज्राचार्यले केही मात्रामा विदेशी मुद्रा पनि बरामद भएको जानकारी दिएकाछन् । ‘त्यसबाहेक १५ वटा मोबाइल, ल्यापटप र ३० भन्दा बढी पेन ड्राइभ पनि बरामद भएको छ’, एआईजी बज्राचार्यले भनिन् ।लिटिल बुद्ध उपनामले परिचित बमजन मङ्गलवार साँझ पक्राउ परेका थिए । सीआईबीले केही वर्षयता निरन्तर उनको खोजी गरिरहेको छ। बमजनलाई बुधबार अदालतबाट म्याद थप गर्ने तयारी भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय