काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले पार्टी केन्द्रीय कार्यालयबाटै पक्राउ पर्नुअघि फेसबुकमा एउटा उत्तेजक स्टाटस लेख्नुभएको छ । जसको सुरुवातमै भन्नुभएको छ, ‘सरकार मर्यो हामीलाई जुठो पर्यो ।’

प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गरेर लामिछानेले दोष जति सबै ओलीकै दलहरुलाई दिनुभएको छ । यतिमात्र होइन सहकारीबाट ओली र उहाँकै पार्टीका कार्यकर्ता मिलेर ८७ अर्ब अपचलन गरेको आरोपसमेत लामिछानेले लगाउनुभएको छ ।

लामिछानेले लेख्नुभएको छ, ‘तिमी र तिम्रा नेता मिलेर सहकारीबाट ८७ अर्ब अपचलन गर्ने, मैले सहकारी ठग भैदिनुपर्ने ?’ भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङबाट एमालेले पार्टी कार्यालयका लागि जग्गा दानमा लिएको विषयदेखि विचौलियाबाट घडी, जुता र चस्मा लिएको आरोप लगाउँदै लामिछानेले लेख्नुभएको छ, ‘तपाईँका दलका नेता कार्यकर्ता प्रमाणित सहकारी ठग हुन् ।’

लामिछानेकै नेता कार्यकर्ताले सरकारको प्रतिवाद गर्न ७७ वटै जिल्ला समितिलाई आह्वान समेत गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय