एजेन्सी । पपुवा न्यू गिनीको राजधानीमा भएको दंगामा कम्तिमा १५ जनाको मृत्यु भएपछि संकटकाल घोषणा गरिएको छ ।

प्रहरी र अन्य सरकारी कर्मचारीहरूले उनीहरूको तलबमा ५० प्रतिशतसम्म घटाइएको पत्ता लगाएपछि बुधबार संसद बाहिर विरोध हड्ताल गरेपछि अशान्ति सुरु भएको थियो । प्रहरीहरु हड्तालमा उत्रिएपछि पसल र कारहरूमा आगजनी र सुपरमार्केट लुटिएको बताइएको छ । संकटकाल घोषणापछि राष्ट्रका नाममा सम्बोधन गर्दै पपुवा न्यू गिनीका प्रधानमन्त्री जेम्स मारापेले मोरेस्बीमा आपतकालिन अवस्था १४ दिनसम्म रहने घोषणा गरेका छन् । उनले आवश्यक ठाउँमा पुग्नका लागि एक हजारभन्दा बढी सेनाहरू स्ट्यान्डबाइ रहेको पनि बताएका छन् ।

प्रधानमन्त्री जेम्सले बुधवार साँझसम्म अधिकांश हिंसालाई नियन्त्रणमा लिइएको भए पनि  स्थिति अझै तनावपूर्ण रहेको स्वीकार गरेका छन् । उनले कम्प्यूटर गल्तीका कारण तलब कटौती त्रुटि भएको स्वीकार्दै आगामी महिनाको भुक्तानीमा त्रुटी सच्चाउने प्रतिवद्धता समेत जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय