नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारले पहिचानवादीहरुलाई प्रोत्साहीत गरी एमालेमाथि आक्रमण गराइरहेको आरोप लगाएका छन । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले पहिचानवादीका नाममा एमालेमाथि देशभर नै हमला गरिरहेको आरोप लगाएका हुन । कोशी प्रदेशमा सत्ता संरक्षित अपराधिक घटनाहरु भइरहेको दाबी गर्दै अध्यक्ष ओलीले पहिचानवादीका नाममा सत्तापक्ष नै मुडभेड गराउन लागिपरेको एमाले प्रतिवादमा उत्र्रने बताउनु भयो ।

अध्यक्ष ओलीले एमालेले पहिचानका नाममा भइरहेका अपराधिक क्रियाकलापको सामना गर्न नडराउने बताए । नेपाललाई जातिजातिका नाममा दंगाफसाद गराउने षड्यन्त्रबाट प्रधानमन्त्री दाहालले देशभर पहिचानको विष फैल्याउने कोशिस गरेपनि सफल नबनेको उनको भनाइ छ । पहिचानवादको संरक्षक पुष्पकमलवादीहरु भएको भन्दै प्रचण्डपथ देशद्रोही र अपराधी पथ भएको जिकिर गर्नुभयो । अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालले कोशी प्रदेशको नाम आफैँ सहमतिका साथ राखेर देशमा आन्दोलन भड्काउन फेरि पहिचानवादीको पक्ष लिइरहेको समेत उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय