काठमाडौं । संघीय संसद्अन्तर्गत पाँचवटा संसदीय समितिको बैठक बस्दैछ । बैठकमा विलेट्सको भन्सार महशुल, स्पञ्ज आइरन, अन्तःशुल्क तथा उद्योगहरूको अध्ययन अनुगमन उप–समितिको प्रारम्भिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल हुनेछ ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान साढे ११ बजे बस्ने छ । बैठकमा सुर्ती, खैनी तथा गुट्खा उद्योगको पुँजी तथा क्षमताबृद्धिको सम्बन्धमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग छलफल हुनेछ ।

यसैगरी झापा, सुनसरी र मोरङको स्थलगत अनुगमनको प्रतिवेदनमा छलफल, चिनी उद्योग तथा उखु किसानका समस्या समाधान सुझाव उपसमितिको प्रतिवेदन पेश गर्ने कार्यसूची छ ।

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान साढे ११ बजे बस्नेछ । बैठकमा समितिको आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक कार्ययोजनाको प्रगति समीक्षा तथा समितिको आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक प्रतिवेदन तयारी सम्बन्धमा छलफल हुनेछ ।

बिहान ११ः३० बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा समितिको आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक प्रतिवेदनमा छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

महिला तथा सामाजिक मामिला समितिको बैठक मध्याह्न १२ बजे बस्नेछ । बैठकमा आदिवासी जनजाति समुदायको समावेशीताको अवस्था र यससम्बन्धमा आदिवासी जनजाति आयोग र आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको भूमिकाका विषयमा छलफल गर्ने कार्यसूची छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय