रामेछाप । रामेछापबाट वैदेशिक रोजगारीमा गएका ४१ जनाले ज्यान गुमाएका छन् ।पाँच वर्षको अवधिमा वैदेशिक रोजगारीमा विभिन्न देश गएका ४१ जनाले ज्यान गुमाएको सुरक्षित आप्रवासन परियोजनाले जनाएको छ । सो अवधिमा रोजगारीका लागि विभिन्न देश गएका १० जना अङ्गभङ्ग भएर स्वदेश फर्किएका छन् ।



मन्थली नगरपालिकाले आयोजना गरेको सुरक्षित वैदेशिक रोजगारीका लागि पत्रकारको भूमिका विषयक अन्तरक्रिया सो कुराको जनाकारी दिइएको हो । कार्यक्रममा हेल्भेटासका कार्यक्रम संयोजक भोजराज सुनुवारले पाँच वर्षमा श्रम स्वीकृति लिएर रोजगारीका लागि विदेश गएका रामेछाप जिल्लाका ४१ जनाको मृत्यु भएको र १० जना अङ्गभङ्ग भएर फर्किएको बताए । श्रम स्वीकृति नलिई गएकाको कुनै तथ्याङ्क नै नभएको उनले जानकारी दिए ।
रामेछापबाट आर्थिक वर्ष २०७९-८० मा ७ हजार ५ सय ६२ जना श्रम स्वीकृति लिएर रोजगारीका लागि गएका सुरक्षित आप्रवासन आयोजना मन्थलीका संयोजक दीपक केसीले बताए । कार्यक्रममा मन्थली नगरपालिकाकी उपप्रमुख ईश्वरी बस्नेतले पछिल्लो समय बढ्दै गएको वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन सचेतनाका कार्यक्रम जरुरी रहेको बताईन ।



