काठमाडौं । सहकारीको रकम अपचलन सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिले आज पाँच सहकारी संस्थाका सञ्चालक तथा व्यवस्थापकसँग बयान लिने भएको छ । समितिको बैठक बिहान ११ बजे बस्नेछ ।
समितिले हालसम्म जेलमा रहेका १८ सहित ३४ जनाको बयान लिइसकेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहित छविलाल जोशीको भने ७ गते बयान लिने तयारी गरिएको छ ।



समितिले विभिन्न प्रमाणका आधारमा प्रतिवेदन लेख्न समेत सुरु गरिसकेको छ ।



