बिहीबार रातिबाट लगातार परिरहेको वर्षाको पाँचथरमा पहिरोले घर पुरिँदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ । फिदिम नगरपालिका – ४ चिसापानीमा रहेको आदिबासी जनजातीको भवन छेउको घर गएराति पहिरोले पुरिँदा २४ वर्षिय सपना शेर्पा र ६ वर्षीय डोल्मा शेर्पाको मृत्यु भएको फिदिम नगर प्रहरी निरिक्षक सुजन पुरीले जानकारी दिए ।

पुरिका अनुसार दुवैजनाको घटनास्थलमै मृत्यु भएको हो । उनीहरुको शव निकालेर पोष्टमार्टमका लागि जिल्ला अस्पताल पाँचथर पठाइँदै छ । घटनाको बारेका बिस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय