काठमाडौं । नेपाल त्रिकोणात्मक हङकङ टी ट्वान्टी सिरिजको फाइनलमा प्रवेश गरेको छ ।

मंगलबार पीएनजीलाई ८५ रनले हराउँदै नेपाल सिरिजको फाइनल प्रवेश गरेको हो । पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाएर १ सय ९८ रन बनाएको थियो । ओपनर कुशल भुर्तेलले ५९ रन बनाएको इनिङ्समा सन्दीप जोराले २६ बलमा ५६ रनको बिस्फोटक इनिङ्स खेलेका थिए । लोकेश बलले ६ बलमा १४ रन बनाए भने विवेक यादवले ४ बलमा १९ रनको शानदार इनिङ्स खेले । ४ बल खेलेका विवेकले ३ छक्का प्रहार गरेपछि अन्तिम ओभरमा नेपालले २१ रन जोडेको थियो ।बिनोद भण्डारीले २७ रन बनाएको खेलमा कप्तान रोहित पौडेल १ र आरिफ शेख ४ रनमा आउट भए । गुलसन झा १५ बलमा नटआउट रहे । नेपालले प्रस्तुत गरेको १ सय ९९ रनको लक्ष्य पछ्याएको पीएनजी १६ दशमलव १ ओभरमा १ सय १३ रनमा समेटियो । नेपालको जितका लागि कुशल भुर्तेलले ४ ओभर बलिङ गर्दै १२ रन खर्चिएर ४ विकेट लिए ।प्रतिस जिसीले २ तथा गुलसन झा र आकाश चन्दले समान एक एक विकेट लिए ।पीएनजीका हिरी हिरीले बनाएको २८ रन ब्यक्तिगत तर्फ सर्वाधिक उच्च स्कोर रह्यो । सिसी वाउले २१ र टोने उराले १२ रन बनाए । नोसैना पोकानाले १२ रनको योगदान दिए ।

 

नेपाल टी ट्वान्टी क्रिकेट सिरिज खेल्न हङकङमा रहेको नेपाली क्रिकेट टिमले २ खेलबाट ३ अंक जोडेको छ । वर्षाले प्रभावित बनेको पहिलो खेलमा नेपालले हङकङसँग अंक बाँडेको थियो । सिरिजको अन्तिम खेलमा हङकङ र पीएनजी खेल्नेछन् । विजेता टिमले फाइनलमा स्थान बनाउनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय