पूर्वि नवलपरासीको डेडगाउँँ र कोल्हुवाँ खोलाले वगाउँदा दुई जना पुरुष बेपत्ता भएको नवलपुर प्रहरीले जानकारी दिएको छ । बेपत्ता हुनेमा पूवि नवलपरासीको बौदीकाली गाँउपालिका १ खारा बस्ने वर्ष बिशाल कार्कि र मध्यबिन्दु नगरपालिका ४ मदनपुर बस्ने वर्षका सुर्य परियार रहेका छन ।
जिल्ला प्रहरि कार्यालय नवलपरासी पूर्वका नायब प्रहरी उपरीक्षक एवंम सुचना अधिकारि बेदबहादुर पौडेलले दिएको जानकारि दिएकाछन् । उनका अनुसार दिउसो एक वजे बौदिकालि गाउँपालिका १ खारा वस्ने ४८ वर्षिय विशाल कार्कि मेला जानेक्रममा अबिरल वर्षा संघै आएको बाढिले बौदिकालि गाउपालिका १ स्थित बौदिखोला तनर््े क्रममा खोलाले बगाउँदा उनी वेप्ता भएका हुन , त्यसै गरि मध्यबिन्दु नगरपालिका १ पतवारि स्थित उलटि खोला तरने क्रममा मध्यबिन्दु नगरपालिका ४ मदनपुर वस्ने वर्ष ३५ का सुर्य परियार लाई सोहि खोलाले वगाउँदा उनी वेप्ता भएको प्रहरिले जनाएको छ । बेपत्ता भएका दुबै जनाको स्थानीय बासिन्दा र प्रहरी हरुले व्यापक खोज तलास कार्य गरि राखेको पौडेलले बताएकाछन् ।






