काठमाडौं । सहकारी ठगीमा पक्राउ परेका पूर्वडिआइजी छविलाल जोशीलाई जिल्ला अदालत कास्कीले पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति दिएको छ ।

जिल्ला अदालत कास्कीले जोशीलाई पाँच दिन थप हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । पोखराको सूर्यदर्शन सहकारीमा बचतकर्ताको रकम हिनामिनामा संलग्नता देखिएपछि थप अनुसन्धानका लागि जोशीलाई आइतबार नियन्त्रणमा लिइएको थियो ।

संसदीय विशेष छानबिन समितिले जोशीसँग बयान लिंदा गोर्खा मिडियाले ग्यालेक्सी टोलिभिजन सञ्चालन गरेको र उनको नाममा ५० प्रतिशत सेयर स्वामित्व रहेको पाइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय