पूर्वराजा ज्ञानेन्द्र शाहले भैरहवामा सम्बोधन गर्ने भएका छन् । बिहीबार नागरिक अभिनन्दनपछि उनले सम्बोधन गर्ने कार्यक्रम तय भएको हो । बिहीबार दिउँसो पूर्वराजाको नागरिक अभिनन्दन कार्यक्रम यसअघि नै तय भैसकेको छ । यसअघि विभिन्न ठाउँमा नागरिक अभिनन्दन भए पनि पूर्वराजाले कमै मात्र सम्बोधन गरेका छन ।
उनी आज आज दिउँसो नवलपरासीको सरावल–७ बर्दघाटे कालिका मन्दिरको उदघाटन कार्यक्रम रहेको छ । साथै नागरिक अभिनन्दनसमेत गर्ने कार्यक्रम रहेको बताइएको छ । गत साता पूर्वराजाले कपिलवस्तुको शिवराजनगरपालिका– ३ खैरेन्द्रपुर चौराहामा निर्माण गरिएको नेपाल एकीकरणका पिता पृथ्वीनारायण शाहको जंगी शालिकको अनावरण गरेका थिए । पश्चिमी जिल्लाहरुको भ्रमणमा रहेका पूर्वराजाले पृथ्वीनारायणको शालिक अनावरण गरेका हुन् । पूर्वराजा गत पुस ८ गते भैरहवा गएका थिए । एक महिना उपत्यका बाहिर रहने पूर्वराजा वीरगञ्जसमेत जाने कार्यक्रम रहेको छ ।






