काठमाडौं । प्रतिनिधि सभाको बैठक बस्दै छ । आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउनु हुनेछ ।
सभामुख घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्र पढेर सुनाउनु हुनेछ । बैठकमा पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन २०८०, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको वार्षिक प्रतिवेदन, २०८१ पेस हुनेछ । २०७९ साल फागुन २५मा संसदमा दर्ताका विवादित विषयहरु गत असार १३ असारमा बनाएको शीर्ष तीनको कार्यदलले टुंग्याएको थियो। विधेयकलाई संसदबाट पारित गर्ने तयारी रहेको छ।



बैठक दिउँसो एक बजे बस्नेछ ।



