काठमाडौं।चन्द्रागिरि नगरपालिका वडा नम्वर ८,मातातीर्थमा रहेको समतामुलक युवा क्लवको आयोजनामा प्रथम मातातीर्थ सामुदायीक फुटसल प्रतियोगिता २०८० हुने भएको छ ।२०८० पौष २७ गते बिहान ८ बजे प्रतियोगिताको सुवारम्भ हुनेछ । प्रतियोगितामा १३ टिमको सहभागिता रहने छ भने मत्स्यनारायण रिक्रियसन सेन्टरमा प्रतियोगिता हुने छ ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद ४० हजार , मेडल, ट्रफी र प्रमाण–पत्र पाउने छ भने द्वितीय हुने टिमले २० हजार रुपैया, मेडल, ट्रफी र प्रमाण–पत्र पाउने छ ।दलित बर्गको एकता र खेलकुदमा सहभागिता ,खेलकुद बिकासको उद्देश्य सहित प्रतियोगिताको आयोजना गरिएको समतामुलक युवा क्लबका अध्यक्ष विकास सुर्खेतीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय