काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) का प्रमुख सल्लाहकार कुमार बेन (कुमार व्यञ्जनकार) र राजनीतिक सल्लाहकार असीम शाह भारत प्रस्थान गर्नुभएको छ। प्रधानमन्त्री शाहको भारत भ्रमणसँगै उहाँहरू पनि दिल्ली जानुभएको हो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह आजदेखि दुईदिने औपचारिक भ्रमणका लागि भारत जाँदै हुनुहुन्छ। भ्रमणमा सहभागी हुने ३४ सदस्यीय सरकारी प्रतिनिधिमण्डलमा प्रमुख सल्लाहकार बेन र राजनीतिक सल्लाहकार शाह पनि समावेश हुनुहुन्छ।

भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्नुका साथै प्रधानमन्त्री मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम छ। भारतीय विदेशमन्त्री एस. जयशंकरले पनि प्रधानमन्त्री शाहसँग भेटवार्ता गर्नुहुनेछ। नेपाल–भारतबीचको आर्थिक तथा व्यापारिक सहकार्य, ऊर्जा, लगानी, पारवहन, पूर्वाधार विकास र हवाई सम्पर्क विस्तारलगायतका विषय भ्रमणका प्रमुख एजेन्डा रहनेछन्। प्रधानमन्त्रीको भ्रमणलाई सफल बनाउन तथा दुई देशबीचको उच्चस्तरीय संवाद र समन्वयमा सल्लाहकारहरूको भूमिका महत्त्वपूर्ण रहने अपेक्षा गरिएको छ। प्रधानमन्त्री शाह सोमबार स्वदेश फर्कने कार्यक्रम छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय