काठमाडौं । नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहालले परिवर्तित राजनीतिक परिस्थितिबारे संसदीय दललाई जानकारी गराउनु भएको छ ।
सिंहदरबारमा बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकमा दाहालले सरकारको समीकरण परिवर्तनका सम्बन्धमा प्रष्ट पार्नुभएको थियो ।



प्रधानमन्त्री दाहालले सरकारले विश्वासको मत कहिले लिने भन्ने विषयमा सहयात्री दलसँग छिट्टै छलफल गरी अगाडी बढ्ने जानकारी गराउनु भयो ।



