काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले श्रम गन्तव्य देशका राजदूत र नियोग प्रमुखलाई काठमाडौं बोलाउनु भएको छ ।

श्रम गन्तव्य सुरक्षित बनाउने र मानव तस्करी रोक्ने पहलस्वरूप प्रधानमन्त्री दाहालले विदेशस्थित नेपाली दुतावास तथा कूटनीतिक नियोगका प्रतिनिधिलाई काठमाडौं बोलाउनु भएको हो । दुई दिवसीय बैठकमा वैदेशिक श्रम स्वीकृतिदेखि कार्यस्थलसम्म नेपाली श्रमिकले भोगेका समस्या र समाधानको उपाय निकाल्ने छ ।

छलफलमा श्रम तथा रोजगार मन्त्रालय र परराष्ट्र मन्त्रालयका प्रतिनिधि पनि सहभागी हुनेछन् । बैठकको अध्यक्षता प्रधानमन्त्री दाहालले गर्नुहुने छ । बैठक प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा ९ बजे सुरु हुने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय