नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा युवा नेता महेश बस्नेतले प्रधानमन्त्री पुष्पकमल दाहालले शासन सतामा बसेर गरेको भ्रष्टाचार र अबैध धन्दाको आगामी दिनमा एमालेले छानविन गरी उनलाई जेल हाल्ने बताएकाछन् । नेता बस्नेतले आइतबार सिन्धुलीमाडीमा एमाले सम्बद्ध राष्ट्रिय युवा संघ नेपाल सिन्धुलीको नवौं जिल्ला अधिवेशनको समुद्घाटन कार्यक्रममा यस्तो बताएका हुन् ।



सो अवसरमा नेता बस्नेतले नेकपा एमाले र पार्टी अध्यक्षमाथि जथाभावी निराधार आरोप र आक्षेप लगाउने सिन्धुली क्षेत्र न २ का सांसद राजन दाहाल समेत जेलमा जाने औल्याए ।
कार्यक्रममा नेता बस्नेतले सुनतस्करी प्रकरणको छानविनमा सता गठबन्धनका नेताहरुको संलग्नता देखिएपछि वर्तमान गृहमन्त्री नारायणकाजी श्रेष्ठ निरीह बनेको आरोप लगाए ।सो अवसरमा उनले वर्तमान प्रधानमन्त्री पु्ष्पकमल दाहालको सत्ताको दिनगन्ती शुरु भैसकेको समेत बताए ।
https://nepal.agmwebhosting.com/webhosting/aff.php?aff=470



