सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री बन्ने आफ्नो इच्छा नभएको बताएका छन् । आज प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै ओलीले प्रधानमन्त्री हुनकै लागि गठबन्धन नगरेको बताएका हुन । अध्यक्ष ओलीले प्रधानमन्त्रीको कार्यकाल पन्ध्र पन्ध्र महिना बाँडेको भन्ने कुरामा सत्यता नभएको समेत उल्लेख गरे ।

अध्यक्ष ओलीले कांग्रेसले नै अस्थिरताको खेती सुरु गरेको आरोप लगाए । विगतमा दुई महिनामा सरकार फेरेको कांग्रेसले सरकार परिवर्तन गरेर अस्थिरता ल्यायो भन्न नमिल्ने उनको भनाइ थियो ।

अध्यक्ष ओलीले आजको प्रारम्भको कांग्रेसको प्रस्तुति हेर्दा कांग्रेस दूधकुण्डमा नुहाएर आएजस्तो देखिएको भन्दै कटाक्ष गरे । अध्यक्ष ओलीले गठबन्धन परिवर्तन भएको जस अरू देशलाई दिन जरुरी नरहेको बताए । देशका समस्या समाधानका लागि केही गरौं भनेर कुराकानी गर्न खोज्दा पनि कांग्रेसले छलफल नगरेको उनको गुनासो थियो । सबै मिलेर अघि बढ्नुपर्ने उनले बताए । अध्यक्ष ओलीले मुलुक पछाडि फर्किन नसक्ने पनि बताए । देश एक धर्म, जात र जन्मसिद्ध श्रेष्ठतामा चल्न नहुने धारणा उनको छ । अध्यक्ष ओलीले देश समस्याग्रस्त रहेको पनि बताए । देशलाई आर्थिक उन्नतिमा लैजानुपर्ने भन्दै उनले सबै राजनीतिक दल मिलेर देशको विकास र समृद्धिमा लाग्नुपर्ने अध्यक्ष ओलीको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय