काठमाडौं । प्रहरी वृत्त थानकोटलाई सहयोगी मिलन समाजले सहयोग गरेको छ । भदौ २४ गते भएको जेनजी प्रदर्शनको क्रममा वृत्तमा तोडफोड र आगजनी भएपछि कार्यालय संचालनमा समस्या देखिएपछि समाजले सहयोग गरेको हो ।

समाजका अध्यक्ष बालाजी खातीले देशको विषम परिस्थितिलाई मध्य नगर वृत्तको दैनिक कार्य संचालनमा केही सहजता होस् भन्ने उद्देश्यले तीन थान कम्प्यूटरका मोनिटर सहयोग गरेको बताउनु भयो । उहाँले प्रहरीसँग समाज सँगसँगै रहेकोले आगामी दिनमा पनि सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

यस्तै समाजका सल्लाहकार श्रीराम लामिछानेले प्रहरी मेरो साथी भन्ने नारालाई अहिले व्यवहारमा उतार्नुपर्ने अवस्था रहेको बताउनु भयो । उहाँले समाजमा हुने लुटपाट, असान्तका घटना न्यूनिकरणको लागि प्रहरीको मुख्य भूमिका रहने हुँदा देशको विषम परिस्थितिलाई मध्यनजर गर्दै सबैले आ–आफ्नो ठाउँमा सहयोग गर्न पनि आग्रह गर्नुभयो ।

यसअघि पनि प्रहरी वृत्त थानकोटलाई विभिन्न संघसंस्थाले सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय