सन् २०२५ को फिफा क्लब विश्वकप फुटबल अमेरिकामा आयोजना हुने भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले २०२५ को क्लब विश्वकप अमेरिकामा गर्ने निर्णय गरेको हो । सन् २०२५ को क्लब विश्वकपमा ३२ टोलीको सहभागिता हुनेछ ।

पहिलो पटक क्लब विश्वकपमा ३२ टोलीले खेल्न लागेको हो । सन् २०२३ को क्लब विश्वकप साउदी अरेबियामा हुँदैछ ।साउदी अरेबीया क्लब विश्वकपको छैटौं आयोजक हो । मोरक्कोमा भएको पछिल्लो संस्करणको उपाधि रियल मड्रिडले हाथ पारेकाे थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय