फोहोर बोक्ने चार चालकलाई प्रहरीले पक्राउ गरेको भन्दै काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले सामाजिक सञ्जालमा आक्रोश पोखेका छन् । उनीहरुको स(सम्मान रिहाइ नभएसम्म सिंहदबार लगायत राजनीतिक दलका कार्यालय र नेताहरुको घरको फोहोर नउठ्ने चेतावनी दिएकाछन्। फोहोर बोक्ने गाडीका चालक पक्राउ परेपछि मेयर बालेनले लेखेकाछन चालकलाई नछोडेसम्म सिंहदरबारको फोहोर उठ्दैन।’




‘भ्रष्टलाई समाउन सक्नु भएन, काठमाडौंमा फोहोर बोक्ने चार चालकलाई समाउनु भएछ, यो सरकारले,’ उनले सोमबार साँझ एक्समा लेखेका छन्, ‘जबसम्म स(सम्मान चालकहरुको रिहाइ हुदैन, सिंहदरबार लगायत सबै पार्टी कार्यालयको र नेताहरुको घरको फोहोर उठ्दैन । को-को जुध्न आउने हो, आए हुन्छ, कसैलाई बाँकी छोडिदैन ।’काठमाडौं महानगरका प्रवक्ता नविन मानन्धरले सिसडोल लैजान लागेका फोहोरका गाडीहरु सडकमा रोकिएको पाएपछि टेकु प्रहरीले नियन्त्रणमा लिएको बताए ।
‘सिससोड लैजादै गरेको फोहोरको गाडीहरु हो, उता आज बन्द भएकाले बानेश्वरमा सडकको छेउमा राखेका रहेछन्, प्रहरीले पक्रेर टेकु लगेको रहेछ,’ मानन्धरले भने, ‘के कसो भएको हो भन्ने थप कुराहरु बुझ्दैछु ।’काठमाडौं प्रहरी परिसरका प्रवक्ता नवराज अधिकारीले टेकु प्रहरीमा ल्याइएको बारे जानकारी नभएको बताए । महानगरकै वातावरण विभागतिर पठाइएको हुनसक्ने बताउँदै भने, ‘हामी कहाँ ल्याएको छैन, वातावरण विभागतिरै होला ।’



