विराटनगर । विराटनगर जुट मिल्समा मंगलबार राति आगलागी भएको छ ।

आगलागीमा २० लाख बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ । विक्रम संवत् १९९३ सालमा स्थापना भएको विराटनगर जुट मिल नेपालको पहिलो उद्योग हो ,यो २०७८ साल माघदेखि बन्द छ । विराटनगर महानगरपालिका–१६ मा रहेको जुट मिल्समा जुटका बोरा बनाउन प्रयोग गरिने धागोलाई अन्तिम रूप दिने ‘स्वप्नर ब्लिचिङ डिपार्ट’बाट राति ९ बजेतिर अचानक आगलागी सुरु भएको थियो । आगोले जुटका बोरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ पूर्णरूपमा जल्नुका साथै २ वटा मेसिनमा समेत आंशिक क्षति पुगेको छ । सशस्त्र प्रहरी,नेपाल प्रहरी, स्थानीय बासिन्दा र दमकलको सहयोगमा बुधबार बिहानका राति १ बजेतिर आगो नियन्त्रणमा आएको थियो । प्रहरीले घटना शंकास्पद भएको भन्दै विभिन्न कोणबाट अनुसन्धान सुरु गरेको छ । जुट मिल्सको विषयलाई लिएर पुराना कर्मचारी र व्यवस्थापनबीच बेलाबेला विवाद हुने गरेको पाइएको प्रहरीको भनाइ छ ।

 

पछिल्लो समय सरकारले बन्द रहेका उद्योग सुरु गर्न चासो देखाएपछि भारतीय व्यापारिक समूह बिड्ला ग्रुपले मिलको वस्तुस्थिति अवलोकन गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय