गायराती देखि परेको बर्षाका कारण खोलामा पानीको बहाब बढ्दा माडी–ठोरी सडक अबरुद्ध भएको छ । चितवनको माडी नगरपालिका ८ र ९ को सिमानामा पर्ने घाँघर खोला र वडा नम्वर ३ र २ को सिमाना भएर बग्ने मगुई खोलामा पानीको बहाब बढ्दा सडक अबरुद्ध भएको हो । खोलामा आएको बाढीले माडी ठोरी चल्ने साना ठुला सवारीसाधन बाटोमानै रोकिएको इलाका प्रहरी कार्यालय माडीका प्रहरी निरीक्षक केदारमान दोङले जानकारी दिए। उनले खोलामा पानीको बहाब कम भएपछि मात्र सवारीसाधन सञ्चालन हुने बताए ।
घाँघर खोलामा पुल निर्माणको चरणमा छ भने मगुई खोलामा निर्माणाधिन पुलबाट मोटरसाइकल मात्र तार्न मिल्छ । माडी–ठोरी सडकमा पर्ने अधिकांस खहरे खोलामा बर्षेनी बर्खाको समयमा आउने बाढीका कारण सडक अबरुद्ध हुने गरेको छ ।






