काभ्रेपलाञ्चोक — बागमती टिपर व्यवसायी संघ काभ्रेपलाञ्चोकको १२औँ वार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ। सभामा टिपर व्यवसायीले भोग्दै आएका समस्या, व्यवसाय सञ्चालनमा देखिएका चुनौती तथा यातायात क्षेत्रलाई व्यवस्थित बनाउने विषयमा छलफल भएको छ। कार्यक्रममा टिपर व्यवसायलाई मर्यादित र सुरक्षित बनाउनुपर्नेमा जोड दिइएको छ। व्यवसायीहरूले सडकको अवस्था, टिपर सञ्चालनसम्बन्धी नीति, सवारीसाधनको नियमित परीक्षण, बीमा, चालक प्रशिक्षण तथा दुर्घटना न्यूनीकरणका विषय उठाएका छन्।
संघले यसअघि पनि टिपर दुर्घटना न्यूनीकरणका लागि चालकलाई प्रशिक्षण दिने, सवारीसाधनको नियमित मर्मतसम्भार तथा कागजात नवीकरणमा जोड दिँदै आएको छ। संघका गतिविधिमा व्यवसायीको हकहितसँगै सामाजिक उत्तरदायित्वका कामसमेत समेटिँदै आएका छन्।






