ताप्लेजुङ । तीन दिनदेखि अविरल परेको पानीले ताप्लेजुङको काबेली खोलामा आएको बाढीले सिदिङवा र सिरिजंगा गाउँपालिकामा क्षति पुर्याएको छ । गत बुधबार देखि परेको पानीले पुल, झोलुङगेपुल भत्किएको छ भने घर र गाईबस्तु बगाएको छ । बाढीले सुरुमखिम–खेवाङ–याम्फुदिन जोड्ने तावा खोलाको मोटरेबल पुल भत्किएको छ ।

कावेली नदीमा आएको बाढीले केही घर, विद्यालय, प्रहरी चौकी, स्वास्थ्य चौकी भवनलगायत जोखिममा परेको छ । खोलाले विद्यालय र प्रहरी चौकी नजिकै कटान गरेपछि स्थानीयको सहयोगमा सामान सुरक्षित स्थानमा सारिएको छ । बाढीले कावेली हाइड्रो पावरको गोदाम बगाएको छ । वर्षा र बाढीका कारण सिदिङवा १ सुरुमखिमका विद्यालय आइतबार सम्मकालागि बन्द गरिएको छ ।

सदरमुकाम फुङलिङमा सडक अवरुद्ध हुँदा दर्जनौ सवारी साधन रोकिएको छ भने पर्यटक र यात्रु अलपत्र परेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय