पाँचथर– जडान भईरहेको नेपालमै लामो ७० मीटरको मोडुलर ब्रिज मेची राजमार्गको पाँचथरको हेवाखोलामा वारपार भएको छ । जेठ–३१ गते अन्तीम चरणमा पुगेको ब्रिज भाँचिएपछि पुनः जडान थालिएको थियो ।भारतीय प्राविधिक, कमदारले ब्रिजलाई फिदिम नगरपालिबाट हिलिहाङ गाउँपालिका टेकाएका थिए । यहि ब्रिज भाँचिदा तीन जना मजदुरको मृत्यु भएको थियो भने तीन जना घाईते भएका थिए ।



आईतवार साझ ब्रिज वारपार भएको सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भटराईले जानकारी दिए । केही दिनमा बाँकि काम सकेर पुल सञ्चालनमा आउने भटराईले बताए ।



