बाराको पचरौतामा मेला लगाउने विषयमा दुई पक्षबीच झडप भएपछि नियन्त्रण गर्न प्रहरीले आठ राउन्ड हवाई फायर गरेको छ । पचरौता नगरपालिका–७ बेनौलीमा झन्डा मेला लगाउने विषयमा गएराति बसेको बैठकमा दुई पक्षबीच विवाद सुरु भई ढुँगा हानाहान हुन थालेपछि प्रहरीले अवस्था सामान्य बनाउन आठ राउन्ड हवाई फायर गरेको हो ।

स्थानीयबीच ब्रह्माको मूर्ति पूजनको विषयलाई लिएर विवाद भएको हो । नगरपालिकाले तोकेको स्थानमा मूर्ति पूजा गर्न एउटा पक्ष नमानेपछि झडप भएको स्थानीयले बताएका छन् । राति करिब ११ बजे दुई पक्ष ढुंगा हानाहानमा उत्रिएका थिए । अवस्था सामान्य बनाउन हवाई फायर गरिएको प्रहरीको भनाइ छ । झडपमा परी दुई जना घाइते भएको प्रहरीले जनाएको छ । स्थानीय लक्ष्मी पटेल र चण्डीका पटेल घाइते भएको र उनीहरुको कलैया प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय