नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच ओलीनिवास बालकोटमा ३ घण्टा भेटवार्ता भएको छ। एमाले अध्यक्ष ओलीलाई भेट्न सभापति देउवा श्रीमती आरजु देउवा राणासहित बालकोट पुगेका थिए। भेटमा उनीहरुबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको बुझिएको छ ।
एमाले अध्यक्ष ओलीका प्रेस संयोजक रामशरण बजगाईँले उनीहरुबीच समसामयिक राजनीतिक विषय, देशको वर्तमान अवस्था र विभिन्न विषयमा छलफल भएको जानकारी दिए। झण्डै ३ घण्टा बालकोट बसेका देउपा दम्पत्तिको यो भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ।






