काठमाडौं । नेपालीहरूको महान चाड बिजया दशमीको अवसर पारेर नेपालको प्रसिद्ध धार्मिक तीर्थस्थल मातातिर्थको नाममा मातातीर्थ संरक्षण तथा विकास संस्थाको आयोजनामा दोस्रो मातातीर्थ गोल्डकप सुरू भएको छ । बागमती प्रदेशका पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले प्रतियोगिताको उद्घाटन गर्दै पर्यटन विकासको लागि खेलकुद महत्वपूर्ण विषय भएको भन्दै स्थानीय तह, प्रदेश सबै मिलेर यसको विकासको लागि लाग्नुपर्ने बताउनु भयो । मातातीर्थ संरक्षण तथा विकास समितिले आफ्नो क्षेत्रको विकासको लागि धार्मिक पर्यटन प्रवर्दनको लागि खेलेको भूमिका सकारात्मक भएको हुँदा यसलाई सधैं आफ्नो समर्थन रहने मन्त्री महर्जनले बताउनु भयो ।

मन्त्री महर्जनले मातातीर्थ आफैमा पर्यटकीय स्थल भएकोले प्रतियोगिताले खेल पर्यटनमा महत्वपूर्ण भूमिका खेल्ने बिश्वास ब्यक्त गर्नुभयो । प्रदेश सरकार मातातीर्थको बिकास र प्रबद्र्धनमा कटिबद्ध भएको बताउदै महर्जनले मातातीर्थको विकासका लागि यस वर्ष १५ लाख बजेट बिनियोजन गरिएको र आगामी दिनमा ऐन कानुनले भ्यायसम्मका सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा बागमती प्रदेशकी पूर्व सांसद बेलीमाया घलेले चन्द्रगिरि नगरपालिका–६ मा बनिरहेको मदन भण्डारी फुटबल मैदान दशरथ रंगशालाको अर्को बिकल्प बन्ने सक्ने भन्दै उक्त मैदान निर्माणका लागि सरोकारवालाहरुको ध्यानाकर्षण गराउनु भयो ।

साथै मातातीर्थ संरक्षण तथा विकास संस्थाका सल्लाहाकार पुरुषोत्तम उदासले विभिन्न चुनौति पार गर्दै संस्थाले मातातीर्थको बिकास, धार्मिक आस्थाको संरक्षण गर्दै खेलकुद र पर्यटनलाई एकसाथ अघि बढाइएको जानकारी गराउनु भयो ।

चन्द्रागिरि वडा नम्बर–६ का वडाध्यक्ष संजय सिग्देलले मातातीर्थ गोल्डकपको निरन्तरतामा वडा सधै साथमा रहने बताउनु भयो । उहाँले खेल क्षेत्रबाटै नगरपालिकालाई चिनाउन महत्वपूर्ण कोशेढुंगा सावित हुने भन्दै राजनैतिक नेतृत्वहरुले खेलाडीको बृद्धि बिकास र उनीहरुको भविष्यमाथी गम्भिर बन्नु पर्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा युवा तथा समाजसेवी ईश्वर लामाले यस प्रकारको प्रतियोगिता लगायत अन्य विषयमा आफ्नो सक्दो सहयोग रहने बताउँदै विशेषत स्थानीय खेलाडीलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो ।
स्वास्थ्यको लागि खेलकुद विकासको लागि खेलकुद भन्ने मुल नारासाथ शुरू भएको गोल्डकपमा १९ टीमको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम हुने टीमलाई ट्रफि प्रमाणपत्र र नगद ३ लाख, द्वीतिय हुनेलाई ट्रफि मेडल पदक प्रमाणपत्र नगद २ लाख, तृतीय हुने टीमलाई नगद १ लाख ट्रफि प्रमाणपत्र मेडल, बेष्ट टीम, बेष्ट प्लेयर, बढी गोल गर्ने खेलाडीलाई समेत नगद पुरस्कारको ब्यबस्था गरिएको छ ।

प्रतियोगिता सफल रुपमा सम्पन्न गर्नका लागि चन्द्रागिरि नगरपालिका लगायतका विभिन्न संघसंस्थाहरुले आर्थिक सहयोग गरेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय