बुटवल- उपभोक्तालाई शुद्ध मासु खुवाउने उद्देश्यले बुटवलको वडा नम्वर १० मा फोरपी मोडलमा निर्माण गरिएको आधुनिक बधशाला निजिकम्पनीलाई सञ्चालनको जिम्मा दिए पनि सञ्चालनमा आउन सकेको छैन् । बुटवल मासु उत्पादन तथा प्रशोधन प्रा. लि.र बुटवल उप–महानगरपालिका बीच भएको सहमतिको विपरीत गएर उप–महानगरले बोलपत्र आह्वान गरेपछि पशु वधशाला विवादमा समेत पर्र्दैआएको छ ।

निर्माण सुरुभएको लामो समयसम्म पनी बिबिध कारणले यो बधशालाको निर्माण हुन सकेको थिएन । पछिल्लो समय ह्रयाफर ईन्टरनेशनलको प्राबिधिक सहयोगमा यो बधशालाको निर्माण कार्य सम्पन्न भएको हो । बुटवल उप–महानगरले निर्माण सम्पन्न भएको अत्याधुनिक पशु वधशाला सञ्चालन गर्ने योजना अनुसार २०८०-३-३ गते आधुनिक पशुबधशाला संचालन तथा ब्यवस्थापन (आय ठेक्का) बोलपत्र आह्वान गरेपछि यस वारे बुटवल मासु उत्पादन तथा प्रशोधन प्रा लि ले असन्तुष्टि जनाउदै आएको थियो ।

यसै बिच बुटवल पउ–महानगरपालिकाले यो बध शाला सञ्चालन गर्न मुक्तिनाथ एग्रो पा. लि काठमाण्डौलाई ५८ लाखमा ठेक्का दिएको छ । गएको असोजको अन्तिम साताबाट संञ्चालन गर्ने भनिए पनि मुक्तिनाथ एग्रो प्रा. लि.ले अहिले सम्म पनि बधशाला सञ्चालनमा ल्याउन सकेको छैन् ।

बुटवल पउ–महानगरपालिकाको लार्पबाहिका कारण ह्र्याफर इन्टरनेसनलको करिव ४ करोड, लुम्बिनी प्रदेश सरकारको १६ करोड र नगर पालिकाको २ करोड गरि करिव २२ करोडको लागतमा निर्माण भएको संरचना त्यसै अलपत्र परेको छ । बधशाला संञ्चालन नहुदा खसि,बोका पालक किसानहरु पनि समस्यामा परेका छन् ।

रुपन्देहीका स्थानीय मासु ब्यवसायीहरु पनी बुटवल उप –महानगर पालिकाको काम प्रति असन्टुष्ट भएका छन् । यो बधशाला २ बिगाहा ३ कठ्ठा क्षेत्र फलमा फैलिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय