काठमाडौं । गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा संसदिय छानविन समिती बनाउन आग्रह गर्दा ब्यक्ती केन्द्रित ईगो का कारण प्रतिपक्षी दलले रडाको मच्चाएको बताएका छन । आइतबार प्रवास नेपाली सम्पर्क बिभाग रास्वपा (युके )बिभागको तर्फबाट १५ बुँदे सुझाव पत्र बुझ्दै लामिछानेले सहकारी पिडितकोे न्यायको लागि आफुले गृहकार्य गरिरहेको बताए । भ्रष्टाचारको सबै काण्डहरुमा निर्मम हुने र आवश्यक प्रमाणहरु जुटाउने कार्य भै रहेको हुँदा छिटो रिजल्ट देखाउन ढिलाई भएको उनले बताए । लामिछानेले पुर्व बृटिस गोर्खा हरुको समस्या समाधानका लागि प्रतिवद्ध रहेको भन्दै बिषयको उठान संसदमा गर्ने तयारीमा रहेको बताए । गै-ह आवासिय नेपाली नागरिकतालाई सरकारी निकायमा मान्य गराउन छुट्टै परिपत्र जारी गर्न लागिएको उनको भनाई छ ।सुझाव पत्रमा भुतपुर्व बृटिस गोर्खाहरुको मुद्दा, गै-हआवासिय नेपाली नागरिकता लगायत नेपालमा ब्याप्त भ्रष्टाचारलाई न्युनीकरण गर्नको लागि रास्वपाले गर्नु पर्ने कार्यक्रमहरुलाई समष्टिगत रुपमा समाबेश गरिएको छ ।






