काठमाडौं । नेपालको दुई दिने औपचारिक भ्रमणका लागि भारतका विदेश सचिव विक्रम मिश्री काठमाडौं आइपुग्नु भएको छ ।

परराष्ट्रसचिव सेवा लम्सालको निमन्त्रणामा भारतीय विदेश सचिव मिश्री नेपाल आउनु भएको हो । भ्रमणका क्रममा दुई देशबीचको सम्बन्ध थप सुदृढ बनाउने र पारस्परिक हितका विषयमा दुई पक्षबीच छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

विदेशसचिव मिश्रीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुहुनेछ । मिश्री सोमबार स्वदेश फर्कनु हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय