काठमाडौं । भारतको ओडिसास्थित एक मेडिकल कलेजमा भीषण आगलागी हुँदा १० जना बिरामीको मृत्यु भएको छ ।

आइतबार राति अस्पतालको पहिलो तल्लामा रहेको ट्रमा केयर आईसीयूबाट शुरु भएको आगोले छोटो समयमै उग्र रूप लिँदा ७ जनाको घटनास्थलमै र ३ जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

आगलागीको समयमा उक्त आईसीयू कक्षमा २३ जना बिरामी भर्ना भएका थिए । जसलाई बचाउने क्रममा अस्पतालका करिब ११ जना कर्मचारी समेत जलेर घाइते भएका छन् । प्रारम्भिक अनुमान अनुसार विद्युत सर्ट भई आगलागी भएको हुनसक्ने देखिएको छ ।

ओडिसाका मुख्यमन्त्री मोहन चरण माझीले सोमबार बिहानै अस्पताल पुगेर घाइतेहरूको अवस्थाको बारेमा जानकारी लिएका छन् । उनले मृतकका परिवारलाई प्रतिपरिवार २५ लाख भारतीय रुपैयाँ राहत दिने घोषणा गर्दै घटनाको उच्चस्तरीय छानबिन गर्न आदेश दिएका छन् ।

यो अस्पताल ओडिसाकै सबै भन्दा ठूलो स्वास्थ्य संस्था मानिन्छ । जहाँ राज्यभरीका बिरामी उपचारका लागि आउने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय