भारी वर्षा र तीव्र आँधीका कारण भारतको दक्षिणी तटीय ठूलो जनधनको क्षति हुने आंकलन गरिएको छ । तमिलनाडु र आन्ध्र प्रदेश राज्यका तल्लो क्षेत्र विशेष गरी तटीय क्षेत्रमा बसोबास गर्ने हजारौं मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ । आँधीका कारण चेन्नाइ शहरका धेरै आवासीय क्षेत्रहरु बाढी पसेर जलमग्न भएको छ ।

कारहरु बगेका छन् भने रुखहरु उखेलिएका छन् । आँधी र बाढीकै कारण भारतकै सबैभन्दा व्यस्त विमानस्थल चेन्नइको विमानस्थल हिजो संचालन हुन सकेन । चेन्नई प्रहरीले हालसम्म ६ जनाको मृत्यु भएको जनाएको छ । आँधीका कारण संरचनाहरु ढल्दा र करेन्ट लागेर मानिसको मृत्यु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय