काठमाडौं । बम राखेको हल्ला फैलिएपछि भारतको नयाँदिल्लीबाट आएको भिस्टारा जहाजमा रहेका १५७ यात्रुलाई अनुसन्धानका लागि आइसोलेसनमा राखिएको छ ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को सुरक्षा मापदण्डले विमान, यात्रु र ब्याजेगमाथि अनुसन्धान थालिसकिएको छ । उडान नम्बर ‘यूके १५५’को उक्त विमान काठमाडौंमा अपराह्न साढे ४ बजे अवतरण गरेको थियो । सेनाको बम डिस्पोजल टोलीसहितका सुरक्षा अधिकारीहरुले अनुसन्धान थालिसकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक डम्बरबहादुर विकले जानकारी दिनुभयो ।

अहिले विमानस्थलका अन्य उडानहरु भने संचालन भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय