उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले भीआईपी कल्चर अन्त्य हुनुपर्ने बताएका छन् । आइतबार प्रहरी प्रधान कार्यालयको निरीक्षणपछि देशभरका जिल्ला प्रहरी प्रमुख र प्रदेशका डीआईजीहरुलाई भिडियो कन्फेरेन्समार्फत निर्देशन सम्बोधन गर्दै लामिछानेले आफैलाई पनि एउटा पिएसओ मात्र दिए पुग्ने भन्दै भीआईपी संस्कार अन्त्य गर्नुपर्ने बताएका हुन् ।

प्रहरीमा सरुवा र बढुवा हुन ‘धाउनुपर्ने’ व्यवस्थाको अन्त्य गरिने मन्त्री लामिछानेले उद्घोष गरेका छन् । वर्तमान आईजीपी वसन्त कुँवरलाई आफू पहिलोपटक गृहमन्त्री हुँदा भनसुन बिना नै मधेश प्रदेशको प्रमुख बनाएको उल्लेख गर्दै उनले भने सरुवा र बढुवाका लागि सचिव र मन्त्रीको ढोका चहार्ने प्रथा अन्त्य गर्न लागिपर्ने बताए । प्रहरी अधिकृतहरू निजी फाइदाका लागी आफूकहाँ आएमा ढोका बन्द गरिने लामिछानेले बताएका छन् ।

आईजीपी वसन्त कुँवरलाई सरुवा बढुवा समयमा गर्न निर्देशन दिँदै मन्त्री लामिछानेले ३० वर्षे सेवा अवधि हट्नुपर्ने बताए । कानुन संशोधन गरेर प्रहरी समायोजन गर्ने उल्लेख गर्दै लामिछानेले जवान, हवल्दार र जुनियर प्रहरी अधिकृतहरूका लागि १६ वर्षे र १८ वर्षे पेन्सन अवधि लागू गर्न आफू दृढ रहेको बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय