धनकुटा र तेह्रथुमका उच्च क्षेत्रहरूमा एक समय भेडाको चहलपहल हुन्थ्यो । ग्रामीण क्षेत्रका बासिन्दाहरूको जीविकोपार्जनको प्रमुख आधार भेडा पालन थियो । तर, पछिल्लो समय यो पेशा संकटमा परेको छ ।
आर्थिक वर्ष २०८०-०८१ मा धनकुटामा भेडाको कुल संख्या केवल १ सय २८ पुगेको छ । जबकी अघिल्लो वर्षमा यो संख्या ५ सय २८ थियो । तर अहिले यो लफ यति छिटो लोप हुने अवस्थामा पुगेको छ । तेह्रथुमको उच्च क्षेत्रका भेडा अहिले मात्र ७ सयमा सिमित भएका छन् । यती थोरै संख्यामा भेडा पाल्ने कृषकहरू अहिले गाई र बाख्रासँगै केही मात्र भेडा पाल्न बाध्य भएका छन् ।



यसअघि हजारौँ भेडा भएका ती क्षेत्रका कृषकहरूले अब न त भेडा बेच्नका लागि बजार पाउँछन्, न त पालन गर्न नै सजिलो देखिन्छ । धनकुटा र तेह्रथुम भेडा पालनको लागि उपर्युक्त क्षेत्र मानिन्थे । तर पछिल्लो समय भेडा पालन लोप हुनुको प्रमुख कारण भनेको स्थानीय खर्कहरूको क्षति र पेसा परिवर्तन हो । अहिले ती क्षेत्रहरूमा राम्रो तरकारी खेती हुने गरेको छ । जसले गर्दा भेडा पालन नगरी तरकारी खेती गर्न चाहने कृषकहरूको संख्या बढेको छ । दैनिक खर्चमा भएको बृद्धि र भेडा पालनबाट कमाइको कमीले गर्दा कृषकहरू तरकारी खेतीतर्फ उन्मुख भएका हुन् । भेडा पालन लोप हुँदै जानु र तरकारी खेतीमा लगानी बढ्नु भनेको भेडापालक कृषकहरूको जीवनशैली परिवर्तनको संकेत हो ।
भेडा पालन उद्योग लोप हुँदै जानुका साथै भेडाको मूल्य पनि आकासिएको छ । चाडपर्वको समयमा भेडाको मूल्य प्रतिकिलो दुई हजार रुपैयाँसम्म पुग्न सक्छ । चाडपर्वमा बाहिरी जिल्लाबाट भेडा आयात गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।



