काठमाडौं । अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ ।

दशौ अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि शुक्रबार विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।चन्द्रागिरि नगरपालिका वडा नम्बर ५ किसिपिडीले ‘गरौ योग रहुँ निरोग’ भन्ने नाराका साथ शुक्रबार अन्तर्राष्ट्रिय योग दिवस मनाउने भएको हो । वडाको आयोजनामा त्रिशक्त्ति पार्टी प्यालेस तिसान यातायात मार्ग गुर्जुधारामा शुक्रबार बिहान ५ बजेदेखि योग शिविर संचालन हुन लागेको वडाध्यक्ष राजेन्द्र महर्जनले जानकारी दिए । उनले योग दिवसमा सहभागिताको लागि चन्द्रागिरि निवासी सम्पुर्णलाइ आमन्त्रण समेत गरेका छन ।

संयुक्त राष्ट्रसंघको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदीले संयुक्त राष्ट्रसंघको ६९औँ महासभामा योग सबैका लागि सधैँका लागि आवश्यक भएकाले अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्ताव गरेका थिए ।सो प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गरेपछि युरोपियन युनियनलगायत संयुक्त राष्ट्रसंघका स्थायी सदस्य राष्ट्रले समर्थन गरेका थिए । संघले घोषणा गरेका दिवसमध्ये ९० दिनमा एक सय ७७ देशले समर्थन गर्ने कीर्तिमान योग दिवसले कायम गरेको छ । सन् २०१६ देखि २१ जुनमा अन्तर्राष्ट्रिय योग दिवस विश्वभर मनाइएको थियो ।प्राचीनकालमा योग, ध्यान र आयुर्वेदका माध्यमबाट मानसिक शान्ति एवं स्थिरता र आरोग्यताको प्राप्ति हुन्थ्यो ।आधुनिक युगको प्रभावमा यसलाई चटक्क बिर्सिएका नेपाली युरोप तथा अमेरिकामा उपचार र सुख शान्तिका लागि बढी प्रयोगमा आउन थालेपछि योगतिर आकर्षित हुन थालेका हुन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय