भ्लादिमर पुटिन छैटौं पटक राष्ट्रपति बन्ने लगभग पक्का भएको छ । तीन दिनसम्म चलेको मतदान प्रकिया आज सकिएसँगै आजै साँझ सम्भवतः नयाँ राष्ट्रपतिमा निर्वाचित भएको घोषणा हुनेछ । सन् २०१८ को चुनावमा पुटिनले ७६ दशमलब ७५ भोट पाएका थिए भने कम्युनिष्ट पार्टीले ११.८५ भोट प्राप्त गरेका थिए ।

तर, जारी निर्वाचनमा पुटिनले सो भन्दा बढी मत ल्याउने अनुमान गरिएको छ । युक्रेन विरुद्ध युद्द जारी राखेर उनले राष्ट्रियता बलियो बनाएकाले उनको मत बढने आंकलन छ । जारी निर्वाचनमा उनी बाहेक कम्युनिष्ट पार्टीका निकोलाई खारिटोनोभ, लिबरल डेमोक्र्याटिक पार्टीका लियोनिद स्लुत्स्की र न्यु पिपुल्स पार्टीका भ्लादिस्लाव दाभान्कोभ राष्ट्रपतिको उम्मेदवार हुन । सबै तीन राजनीतिक दलहरू क्रेमलिन समर्थित पार्टीहरू भएकाले उनीहरुको उम्मेदवारी नाम मात्रैको रहेको छ ।

पुटिन विगत २४ वर्षदेखि रुसको सत्ता र राजनीतिको केन्द्रमा छन । पुटिनका धेरैजसो विपक्षी जेलमा वा निर्वाचन आयोगले उनीहरूलाई चुनावका लागि अयोग्य घोषित गरेकाले उनी छैंटो पटक निर्वाचित हुने निश्चित भएको हो । पुटिनले सन् २०२१ मा २०३६ सम्म रुसको राष्ट्रपति रहन सक्ने गरी कानुन संसोधन गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय