मकवानपुरका एक प्रधानाध्यापकमाथि गोली प्रहार भएको छ । बकैया गाउँपालिका ३ हातिसुडेमा रहेको बुद्ध माध्यमिक विद्यालयका प्रधानाध्यापक बागमती गाउँपालिका– १ का प्रेम बहादुर बोम्जनमाथि गोली प्रहार भएको हो ।
मकवानपुरको बागमतीबाट प्रदेश २–००३–००६ प ८४५४ नम्बरको मोटरसाइकलमा सिन्धुलीतर्फ जाँदै गरेका बोम्जनमाथि सिन्धुलीको हरिहरपुरगढी–६ मा गोली प्रहार भएको सिन्धुली प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक अनिल कुमार खड्काले बताउनुभएको छ । तीन जनाको समूहमा आएका व्यक्तिले मोटरसाइकलमा सवार रहँदा उनी माथि गोली चलाएको डिएसपी खड्काले बताउनुभयो । मोटरसाइकलमा उहाँसंगै उहाँको भाईलाई भने केही नभएको र प्रेमलाई सर्लाहीमा प्राथमिक उपचारपछि थप उपचारका लागि वीरगंज लगिएको जनाइएको छ ।



सिन्धुली प्रहरीले गोली प्रहार गर्नेको खोजीका लागि टोली परिचालन भइसकेको जनाइएको छ ।



