काठमाडौं । मनाङमा भूकम्प गएको छ ।
शनिबार बिहान ३ बजेर ४७ मिनेटमा मनाङ केन्द्रबिन्दु बनाएर ४.२ म्याग्निच्यूडको भूकम्प गएको हो । भूकम्प लमजुङ, गोरखा र तनहुँसम्म महशुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।



यसअघि भदौ १३ गते बझाङको मासदेव आसपास केन्द्र बनाएर ४.३ म्याग्निच्यूडको भूकम्प गएको थियो ।



