काठमाडौं –कांग्रेस महामन्त्री गगन थापाले गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति नबनेसम्म अब कसैसँग छलफल नगर्ने घोषणा गरेका छन् । उनले आज बैठकमा उत्पन्न भएको परिस्थितिको जिम्मेवारी पनी एमाले र सभामुखले लिनुपर्ने बताएकाछन्। संसद वैठकपछि आयोजीत पत्रकार सम्मेलनमा थापाले सभामुखले एमालेको आज्ञापालकको भूमिका निर्वाह गरेको आरोप समेत लगाएकाछन् । अब संसदीय समिति गठनको मागका विषयमा छलफलको औचित्यसमेत समाप्त भएको उनको भनाइ छ ।

थापाले भने, ‘अब छलफलमा बस्न हामीलार्ई मन छैन । भोलि ११ बजेसम्म संसदीय छानबिन समिति गठन होस् । हामी अब छलफल गरेर बस्दैनौंं ।’ रास्वपा नेताले कांग्रेसका नेताको पनि फाइल खोल्ने भनेर दिएको चेतावनीबारे प्रश्न गर्दा थापाले यसका लागि पनी आफुहरुतयार रहेको बताए । उनले भने, ‘हामी सरकारमा छौं भनेर बिर्सिनुभएको हो कि जस्तो लाग्छ । कुन कुन फाइल खोज्नुपर्ने हो खोल्दा हुन्छ । धमाधम खोले हुन्छ । सबै फाइल खोल्नुस् । यो फाइल खोल्छौं, त्यो फाइल खोल्छौं भन्ने सुनिरहेका छौं । सरकारमा बस्नेले यो खोल्छौं र त्यो खोल्छौं भन्ने नै होइन । गर्ने हो । हामी तयार छौं ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय