फिफा महिला विश्वकप फुटबलमा साविक विजेता अमेरिकाले सहज जित निकालेको छ । शनिबार विहान न्यूजिल्याण्डमा भएको आफ्नो पहिलो खेलमा अमेरिकाले भियतनामलाई ३–० गोल अन्तरले पराजित गरेको हो । लगातार तेस्रो विश्वकप जित्ने लक्ष्यमा रहेको अमेरिकाका लागि सोफिया स्मिथले दुई र कप्तान लिन्डसे होरानले एक गोल गरिन ।

जितसँगै समूह इमा रहेको अमेरिकाले महत्वपूर्ण तीन अंक हात पारेको छ । विश्वकपअन्तर्गत आजै भएको समूह डीको खेलमा युरोपेली च्याम्पियन इंग्ल्यान्डले हाइटीलाई १–० ले हरायो । इङल्याण्डका लागि जर्जिया स्टानवेले निर्णायक गोल गरिन् । जितसँगै बेलायतले पहिलो खेलबाट तीन अंक हात पारेको छ । विश्वकपमा एशियाली टोली जापानले पनि उत्कृष्ट शुरुवात गरेको छ ।

शनिबार भएको समूह सीको खेलमा जापानले जाम्बियालाई ५–० गोलअन्तरले पराजित गरेको हो । सानदार जितसँगै तीन अंक हासिल गरेको जापान गोल अन्तरका आधारमा स्पेनलाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय