फिफा महिला विश्वकप सुरु हुनुभन्दा केही घण्टा अगाडि न्युजिल्यान्डको अकल्याण्ड शहरको केन्द्रमा गोली चल्दा दुई जनाको मृत्यु भएको छ । केन्द्रीय व्यापार जिल्लाको एक निर्माण स्थलमा भएको घटनापछि प्रहरी अधिकारीसहित अन्य छ जना घाइते भएका छन् । सुरक्षा कारबाहीमा बन्दुकधारीको पनि मृत्यु भएको छ ।

यसैबीच, न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस हिपकिन्सले आक्रमणलाई आतंकवादी कार्यका रूपमा नहेरिएको बताएका छन् । उनले प्रतियोगिता योजना अनुसार नै अघि बढ्ने पनि बताए । प्रधानमन्त्री हिपकिन्सका अनुसार आक्रमणको कुनै राजनीतिक वा वैचारिक उद्देश्य पत्ता लागेको छैन । अकल्यान्डका मेयरका अनुसार फिफाका सबै कर्मचारी र फुटबल टोली सुरक्षित छन् ।




फिफा महिला विश्वकप फुटबलको उद्घाटन खेलमा न्युजिल्यान्ड र नर्वे भिड्दै छन् । नवौं महिला विश्वकप न्यूजिल्याण्ड र अष्ट्रेलियाले संयुक्त रुपमा आयोजना गर्दैछन्



