माईतीघरको निषेधित क्षेत्र खुला गर्न माग गर्दै राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्ति अभियानले बिरोध प्रदर्शन गरेको छ । आज डिल्लीबजारमा भेला भइ उनीहरुले भद्रकालीमा पुगि प्रदर्शन गरेका हुन् । । प्रदर्शनका क्रममा निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल भएको थियो ।
प्रदर्शनकारीले निषेधित क्षेत्रको नाममा जनताको आवाज बन्द नगर्न सरकारलाई चेतावनी दिएका छन् । लोसपा नेपाल छाडेर महतोले यति बेला छुट्टै अभियान सञ्चालन गरिरहेका छन् । उनले चाँडै आफ्नो नयाँ पार्टी खोल्ने तयारी गरेका छन् ।






