नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको संयुक्त परामर्श समिति बैठक धनगढीमा बसेको छ । बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालसहित शीर्ष नेताहरू पुगेका छन् ।

बैठकमा पार्टी पुस्तान्तरण, पार्टीले लिएको लक्ष्य, पार्टीले सरकारको नेतृत्व गरेका बेला गरेका राम्रा र नराम्रा काम र माओवादीले दलित, आदिवासीलगायत पिछिडिएका बर्गको मुद्दा छोडेको हो की भन्ने विषयमा छलफल भएको थियो । साथै बैठकमा केन्द्रमा पार्टी नेतृत्व हस्तान्तरणको विषय उठेझैं प्रदेशमा पनि यो विषयले प्रवेश पाएको थियो ।

माओवादी सुदुरपश्चिम प्रदेश ससंदीय दलको नेताबाट खगराज भट्टलाई बहुमतबाट हटाएर मान बहादुर धामीलाई चयन गरिएपछि पार्टी गतिहिन भएको निष्कर्ष निस्किएसँगै खगराज दलको नेतामा पुनर्वहाली हुने सम्भावना बढेको छ । बैठकमा नेतृत्व परिवर्तन देखी प्रदेश ससंदीय दलमा देखिएको बिवादको विषयले स्थान पाएको थियो ।

पार्टी केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको सयुंक्त बैठकमा सहभागी हुन अध्यक्ष दाहालसहित वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षद्धय अग्नि सापकोटा र पम्पा भुषाल, महासचिव देव गुरुङ, उपमहासचिव गिरीराजमणी पोखरेल, जनार्दन शर्मा, वर्षमान पुन, शक्ति बस्नेत, हरिबोल गजुरेललगायत नेताहरु धनगढीमा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय