बागलुङ । कालीगण्डकी नदीमा आएको बाढीले बागलुङ र पर्वत जोड्ने मालढुंगा पुलमा क्षति पुर्‍याएपछि यातायात प्रभावित भएको छ। पुलमा क्षति पुगेपछि बागलुङतर्फ सवारीसाधनको चाप बढेको छ। यातायात प्रभावित हुने र इन्धनको आपूर्तिमा समेत समस्या हुनसक्ने आशंकामा सर्वसाधारणले सवारीसाधनमा पेट्रोल तथा डिजेल भर्न थालेपछि बागलुङका पेट्रोल पम्पमा लामो लाइन लागेको छ।

बाढीका कारण मालढुंगा पुलमा क्षति पुगेपछि बागलुङ–पर्वत सडकखण्डमा आवतजावत प्रभावित भएको हो। पुलको अवस्थाका कारण सवारी सञ्चालनमा थप समस्या आउन सक्ने भन्दै यात्रु तथा चालकहरूमा अन्योल देखिएको छ।

पुलमा भएको क्षतिको अवस्था र यातायात सञ्चालनबारे सम्बन्धित निकायले आवश्यक निरीक्षण तथा व्यवस्थापनको काम गरिरहेका छन्। बाढीका कारण कालीगण्डकी आसपासका अन्य क्षेत्रसमेत प्रभावित भएकाले स्थानीय प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय