काठमाडौं । नेपाली कांग्रेस मिक्वाखोला गाउँपालिका कार्य समितिले बुधवार पालिकाको प्रशासकीय भवनमा तालाबन्दी गरेको छ।
कार्यसमितिले बिना कारण कर्मचारी बर्खास्त गरिएको, पालिकामा आर्थिक अनुशासन कायम नभएको र जलविद्युत परियोजनाबाट प्राप्त सामाजिक उत्तरदायित्व रकम पारदर्शी नभएको भन्दै विरोध जनाएका हुन्। उपसभापति दीपेन्द्र लिवाङका अनुसार पालिका नेतृत्व जनता कुरा नसुन्ने प्रवृत्तिमा रहेको छ। कार्यसमितिले प्रमुख प्रशासकीय अधिकृत विमल गौतमलाई पत्रमार्फत समस्या जानकारी गराएका थिए, तर पालिका अध्यक्ष र उपाध्यक्षबाट कुनै सुनुवाइ नभएपछि तालाबन्दी गरिएको हो। तालाबन्दीका कारण कार्यालयको कामकाज ठप्प भएको छ। लिवाङले भने, “वार्ता नभएसम्म आन्दोलन जारी रहनेछ र आवश्यक परे थप चरणबद्ध कदम चालिनेछ।”



२०७९ को स्थानीय निर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एसको गठबन्धनबाट कार्की अध्यक्ष र लामा उपाध्यक्षमा निर्वाचित भएका थिए।



