काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा दायर गरिएको रिटमाथिको फैसला आज हुँदैछ ।

सर्वोच्च अदालतमा न्यायाधीशहरू आनन्दमोहन भट्टराई, ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले बुधबार सुनुवाइ सकेको थियो ।
बुधबारको सुनुवाईसँगै रिट हेर्दाहेर्दैमा राखिएकोले सर्वोच्च अदालतले आज फैसला गर्न लागेको हो । नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापाको नेतृत्वमा हालै बनेको कोशी प्रदेश सरकारको भविष्य यो फैसलाले गर्ने छ ।

थापा नेतृत्वको मुख्यमन्त्री नियुक्ति प्रक्रिया असंवैधानिक भएको भन्दै गत असार २२ गते निर्वतमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय